Indrenionline.com

आदिबासी जनजाती महासंघको अध्यक्षमा राजभण्डारी

घोराही, २ पुस । नेपाल आदिबासी जनजाती महासंघ तुलसीपुरको अध्यक्षमा नेवार सेवा समितिको तर्फबाट नरेशकुुमार राजभण्डारीलाई चयन गरिएके छ । शनिबार सम्पन्न भएको प्रथम अधिबेशनले राजभण्डारीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा नेपाल मगरका संघका तर्फबाट राजबहादुर घर्ती, गुरुङ सेवा समाजका ओमबहादुर गुरुङ र छन्त्याल समाजका देबेन्द्र छन्त्याललाई चयन गरिएको छ । यस्तै सचिवमा थारु कल्याणकारिणीसभाको तर्फबाट नारायण चौधरी र कोषाध्यक्षमा नेपाल मगर संघका मिरा पुन मगरलाई चयन गरिएको छ ।

यस्तै अधिबेशनको बन्द सत्रले कुमाल समाजका तर्फबाट बसन्तराज कुमाल, थारु कल्याणकारिणीसभाको तर्फबाट कल्पना चौधरी र नेवार सेवा समाजका तर्फबाट सुुदृष्टी श्रेष्ठलाई सहसचिवमा चयन गरेको छ ।

प्रथम अधिबेशन नेपाल आदिबासी जनजाती महासंघ तुलसीपुर नगर अध्यक्ष श्रीप्रसाद छन्त्यालको अध्यक्षतामा भएको हो । औपचारिक कार्यक्रम सुरु हुनुपुर्व अरनिको मैदानबाट ¥याली निकालिएको थियो । नेवार, थारु, मगर, कुमाललगायत समुदायको मौलिक पोसाकसहितको साँस्कृतिक झाँकीले बजार परिक्रमा गरेको थियो ।