तुलसीपुर, २ पुस । तुलसीपुर उद्योग वाणिज्य संघले भोेली सोमवार रजत महोत्सव मनाउंदै छ । महोत्सवको संपुर्ण तयारी पुरा भएको संघले आइतवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा छोटो मन्तव्य व्यक्त गर्दै प्रियशनले तुलसीपुर उद्योग वाणिज्य संघले यस अघि गरेको जनप्रतिनिधिसमेतको भुमिका र हाल गरेका सामाजिक अभियानहरुलाइ सन्चारजगतले गहिरिएर नियालीरहेको बताएका छन् ।
साथै पत्रकार सम्मेलनमा उपस्थीत सन्चारकर्मि तथा केहि व्यवसायीहरुले तुलसीपुर उद्योग वाणिज्य संघले व्यवसायीक हकहित संगै सामाजिक अभियानमा थप क्रियाशिल हुन सुझाव दिएका थिए ।