घोराही, १ पुस । घोराही उपमहानगरपालिकाले सञ्चालन गरेको पाक्षिक अभियानअन्तरगत शनिबार घोराही बजारमा एकैसाथ सरसफाई गरिएको छ । प्रत्येक महिनाको १ र १५ गते सरसफाई अभियान सञ्चालन गर्दै आएको उपमहानगरले शनिबार पनि एक दर्जनबाट एकै साथ सरसफाई गरेको हो ।
सरसफाई अभियानका क्रममा नगर प्रमुख नरुलाल चौधरीले बजार क्षेत्रका सबै बस्तीहरुमा रहेका टोल विकास संस्थाहरुले अब आफै सरसफाईको जिम्मा लिनुपर्ने बताएका छन् । आफुले गरेको फोहोर र आफ्नो घर अगाडीको फोहोर आफैले सफाई गर्न समेत नगर प्रमुख चौधरीले सबैलाई आग्रह गरेका छन् ।
सरसफाई नै व्यक्तिगत र बजारको सुन्दता सँग जोडिने ईज्जत भएको भन्दै उनले एउटाले गर्ने फोहोर अर्कोले उठाउन नसकिने स्पष्ट पारेका छन् । साथै घर तथा पसलबाट उत्पादन हुने फोहोरलाई व्यबस्थित संकलन गरि उपमहानगरको गाडीमा फ्याक्न समेत नगरबासीलाई आग्रह गरेको नगर प्रमुखका प्रेस संयोजक निमुसंगम घर्तीले जानकारी दिएका छन् ।