घोराही, १ पुस । घोराही बजारमा रहेका मासु व्यवसायीहरुले आफैले गरेको सहमति उलंघन गरेर मासु बिक्री वितरण गरेको पाइएको छ । गत असोज २४ गते घोराही उपमहानगरपालिकामा भएको छलफलमा मासु व्यवसायीहरुले डिफ्रिजमा राखेर मासु विक्री वितरण गर्ने सहमति भए पनि त्यसो नगरिएको पाइएको छ ।
तर उनीहरुले सहमतिलाई कार्यान्वयन नगरेको पाइएको छ । नगर प्रमुख नरुलाल चौधरीसहितको टोलीले आज बजार सरसफाईका क्रममा मासु पसलहरुको समेत निरिक्षण गर्दा यसो पाइएको हो ।