इन्द्रेणी संवाददाता
दाङ, २९ मंसिर । मंसिर २१ गते सम्पन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा दाङमा ६२ जना उम्मेदवारको जमानत जफत भएको छ । जिल्लामा नौ पदका लागि ८१ उम्मेदवारले चुनावी मैदानमा रहेकोमा १९ जनाले मात्रै जमानत जोगाए भने अन्यले जमानत गुमाए ।
जिल्लामा प्रतिनिधि सभाका लागि दश हजार र प्रदेश सभा सदस्यका लागि ५ हजार धरौटी राखिएको थियो । सो अनुसार ६२ उम्मेदवारमध्ये २ लाख २५ हजार प्रतिनिधि सभा र १ लाख ७२ हजार ५ सय गरी ३ लाख ९७ हजार ५ सय रुपैयाँ जमानत वाफत जफत भएको छ ।