शरद रेग्मी
तुलसीपुर, २८ मंसीर । तुलसीपुर उद्योग वाणिज्य संघले यहि आउंदो पुस ३ गते रजत बर्ष मनाउंदै छ । पच्चिसौ साधारणसभा मनाउंदै गर्दा तुलसीपुर उद्योग वाणिज्यसंघले विविध कार्यक्रमहरुसहित रजत महोत्सव मनाउन लागेको तुलसीपुर उद्योग वाणिज्य संघले जनाएको छ । रजत महोत्सवलाइ भव्य र सभ्य रुपमा संपन्न गर्न तुलसीपुर उद्योग वाणिज्य संघले सवै तयारी पुरा गरेको संघका अध्यक्ष विर वहादुर रावतले बताएका छन् ।
त्यसैगरी साधारणसभामा विशिष्ठ व्यक्तित्वहरुलाइ सम्मान गर्ने कार्यक्रम पनि रहेको उद्योग वाणिज्य संघले जनाएको छ । राप्त्ती ववइ क्याम्पसबाट उच्च श्रेणिमा उत्तिर्ण गर्ने विद्यार्थिहरुलाइ पुरस्कृत गर्ने समेत रजत महोत्सवमा तयारी भएको महासचिव रुपवहादुर खत्रीले बताए । साथै उद्योग वाणिज्य संघले यो कार्यकालमै कम्तिमा तीन सय आजिवन सदस्य बनाउने संघका सचिव विनिल केसीले बताएका छन् । त्यसकालागी व्यवसायीहरु धेरै सकारात्मक भएको पनि उनले बताएका छन् । साथै एउटा इतिहास बोकेको तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुरमा वहुआयामिक सभाहलको निर्माण पनि यसै बर्ष थालनी गर्ने जनाएको छ । त्यसकालागी यसै बर्ष भवन निर्माण समेत सुरु भएको छ । अव निर्माणको काम समेत थालनी हुने बताइएको छ । कम्तिमा एक हजार व्यत्तिःm अट्ने क्षमताको वहुआयामिक सभाहल निर्माण यहि कार्यकालमा संपन्न गर्ने पनि संघका अध्यक्ष रावतले बताए । ‘हामी सामाजिक अभियान संगै व्यवसायीहरुको हकहितमा केन्द्रित छौं, यो रजत अधिवेशन व्यवसायीक एकताका सन्दर्भमा केन्द्रित हुने छ,’—रावतले भने ।