तुलसीपुर, २८ मंसिर । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले उद्यमीहरुको जीवन स्तर वदल्नका लागि उत्पादनका लागि पकेट क्षेत्र वनाएर उत्पादन गर्नुपर्ने वताएका छन् ।
पकेट क्षेत्र अनुसार उत्पादन गर्ने कृषकलाई उपमहानगरले विशेष सहयोग गर्ने समेत उनले वताएका थिए । “उत्पादन एकै किसिमको गर्दा त्यसले उत्पादक र उत्पादन गर्ने ठाउँको पहिचान दिन्छ ” पाण्डेले वताए ।
जिल्ला लघुउद्यमी समुह दाङ्गको आयोजनामा तुलसीपुरमा लघुउद्यमीका लागि आयोजना गरिएको एकदिने कार्यशाला गोष्ठीमा उद्यमीहरुले उत्पादन र वजरीकरणका विविध समस्याका वारेमा छलफल गरेका थिए ।