दाङ, २७ मंसिर । दाङमा गएको चालु आर्थिक वर्षभन्दा यसवर्ष धान उत्पादनमा बृद्धि भएको छ । गएको आर्थिक वर्ष २०७३÷७४ मा जिल्लामा ३८ हजार १ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको र त्यसमा १ लाख ६७ हजार ६ सय मेट्रिकटन धान उत्पादन भएको थियो । तर आर्थिक वर्ष २०७४÷७५ मा जिल्लामा ३५ हजार ९ सय १० हेक्टरमा धानखेती गरिएकोमा १ लाख ६८ हजार ७ सय ७७ मेट्रिकटन धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय दाङ बताएको छ ।
उनका अनुसार चालु आर्थिक वर्ष २०७४÷७५ मा अघिल्लो आर्थिक वर्षभन्दा करीव ३ हजार हेक्टर कम जमिनमा धानखेती गरिएको थियो । तर उत्पादनको हिसावले बृद्धिभएको हो । जिल्लामा यस वर्ष सबैभन्दा वढी दाङको देउखुरी क्षेत्रमा धान उत्पादन वढी भएको कृषि विकास कार्यालयले बताएको छ । दाङ धानमा आत्मनिर्भर रहेको पनि योजना अधिकृत केसीले बताए ।