Indrenionline.com

अपारद्धारा मतदातालाई धन्यबाद

तुलसीपुर २४ मंसिर । संयुक्त बामगठबन्धनको तर्फबाट दाङ क्षेत्र नं. ३ को प्रदेशसभा १ का उम्मेदवार जग प्रसाद शर्मा ‘अपार’ले मतदातालाई धन्यबाद दिएका छन् । अपारले आईतबार एक बिज्ञप्ति जारी गरि मंसिर २१ गते भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचनमा सहभागी आम मतदाताहरुलाई अमुल्य मतदान गरेका हुन् ।

आम मतदाताहरुको अमुल्य मतले नै मुलुकलाई समृद्धिको बाटोमा लैजाने भन्दै अपारले सबै मतदाताप्रति आभार ब्यक्त गरेका छन् ।
मतदाताहरुले समृद्धि र बिकासका लागि मुलुकलाई बामपन्थीको हातमा दिएको उनले भन्दै अबको पाँच बर्षमा बामपन्थीले मुलुकलाई समृद्ध र बिकसित बनाएरै छाड्ने बताए ।

आफु पराजित भएपनि अहिले मुलुकका अधिकांस ठाउमा बामपन्थीहरुले नै बिजय हाँसिल गरेकाले बामपन्थीकै नेतृत्वमा सरकार बन्ने पक्का रहेको बताए । उनले पराजित भएपनि यहाँको बिकास निर्माण, यहाँका समस्यासंग एकाकार रहने तथा जनताको खुसीका लागि हर कदम हाँजिर रहने प्रतिबद्धता जनाए ।

उनले निर्बाचन अबधिभर आफुलाई सहयोग गर्ने आम मतदाता, बामगठबन्धनका नेता तथा कार्यकर्ता, बिभिन्न संगठन, युवा, बिद्यार्थी, उद्योगी, पेशा ब्यबसायीकर्मी, किसान, मज्दुरलगायत आम दाङबासीलाई धन्यबाद ज्ञापन गरे ।

साथै उनले प्रतिस्पर्धी डिल्ली बहादुर चौधरीलाई बिजयको शुभकामनासंगै सफल कार्यकालको शुभकामना ब्यक्त गरे । यहाँका बिकास निर्माणका कार्यमा सधै साथ र सहकार्यमै रहने पनि बिज्ञप्तिमार्फत जानकारी दिए ।।