इन्द्रेणी संवाददाता
दाङ, २२ मंसिर । प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको अहिलेसम्मको मतगणना अनुसार दाङ क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यमा उपप्रधामन्त्री कृष्णबहादुर महराको अग्रता कायमै रहेको छ ।
उता दाङका क्षेत्र नं. ३ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार वाहेक अन्य सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहेको छ । क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्यमा भने काग्रेसका दिपक गिरी अगाडि छन् ।