Indrenionline.com

महरा घरदैलोमा व्यस्त, मतदाताद्धारा ठाउँ–ठाउँमा स्वागत

इन्द्रेणी संवाददाता
दाङ, १८ मंसिर । मौन अवधि शुरु हुन केही घण्टा मात्रै बाँकी रहदा उपप्रधानमन्त्री तथा दाङ क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णबहादुर महरा घरदैलोमै व्यस्त छन् ।

विहानैदेखि चुनावी प्रचारको घरदैलो अभियानमा रहेका महरा घोराही बजारमा आज गरिएको बाम ¥यालीमा रहभागी भए भने नेपाल पत्रकार महासंघमा रुकुमेली समाज दाङले राखेको कार्यक्रममा सहभागी भए ।

यति मात्रै होइन उनले अन्तिम दिन सोमबार आफ्नो निर्वाचन क्षेत्रका धेरै ठाउँमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । सो क्रममा मतदाताहरुले दाङको विकास र संमृद्धिमा निर्धक्क भएर अघि वढ्न सुझाव दिदै जनता साथमा रहेको बताएका थिए । ठाउँ ठाउँमा उनलाई मतदाताहरुले फुलमालाले स्वागत समेत गरेका थिए । सोमवार राति १२ बजेबाट दलहरुको चुनावी प्रचारप्रसार समय सकिदैछ ।