इन्द्रेणी संवाददाता
दाङ, १८ मंसिर । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकारहरुको पनि विचार र आस्था हुने भएपनि आस्थाकै नाममा चुनावी प्रचारमा कसैलाई समर्थनको नाममा भगवान त विपक्षको नाममा कसैलाई राक्षस नै नबनाउन पत्रकारहरुलाई आग्रह गरेका छन् ।
अध्यक्ष आचार्यले अहिलेसम्म सात वटा प्रदेशका करीव ३० वटा जिल्ला पत्रकार महासंघको केन्द्रिय टोलीले अनुगमन गरिसकेको र सो क्रममा विभिन्न जिल्लामा विभिन्न आरोपमा आठ जना पत्रकारहरु प्रहरीले पक्राउ गरिएको पाइएको समेत जानकारी दिए । उनीहरुको रिहाइ र के कति कारणले उनीहरु पक्राउ भए भन्ने बारेमा महासंघले पनि खोज गरिरहेको बताए । त्यस्तै उनले कुनै पत्रकारलाई कतैबाट धम्की आएको भए तत्काल पत्रकार महासंघमा जानकारी दिन पनि आग्रह गरे । अनुगमनका क्रममा दाङ आइपुगेका अध्यक्ष आचार्यले सोमबार पत्रकार महासंघ दाङसँग पनि छलफल गरेका थिए ।