नारायणपुर, १७ मंसिर । नेपाली काग्रेसले घोराही उपमहानगरपालिका–१० नारायणपुरमा वह्त घरदैलो सम्पन्न गरेको छ । नेपाली काग्रेसको नेतृत्वमा शान्ति र संविधान, काग्रेसकै नेतृत्वमा समृद्धिको अभियान भन्ने नाराका साथ नारायणपुरको पार्टी कार्यालयवाट सुरुभएको बृह्त ¥याली खैराचोकसम्म पुगेर पुन:स्थानमा फर्केर सभामा परिणत भएको थियो ।
घरदैलोका क्रममा नेपाली काग्रेस प्रतिनिधिसभा क्षेत्र नं. २ का उम्मेदवार राजु खनालले दाङको विकास र जनताको समृद्धिका लागि नेपाली काग्रेसले जित्नुपर्ने आवश्यकता रहेको भन्दै नेपाली काग्रेसको पक्षमा मतदान गरेर काग्रेृसलाई बिजयी बनाउन आग्रह गरेका थिए । दाङको विकासका लागि नेपाली काग्रेसले ठुलो योगदान गरेको भन्दै उनले आफुले समेत संसद हुदा दाङको विकास र जनताको समृद्धिका लागि बजेट बिनियोजन गरेको बताए ।
जिल्लाको बिकास गर्दै पाँच नम्वर प्रदेशको राजधानी निर्माणका लागि पूर्वाधार निर्माण गर्न आफुले घोराही बजारमा फोरलेन सडक निर्माण, लमही घोराही सडकखण्डका विभिन्न खोलाहरुमा पुल निर्माणका लागि बजेट बिनियोजन, घोराही–सौडियार हुदै धारपानी जोड्ने सडक कालोपत्रे, राप्ती उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास लगायतका जनताका आवश्यकता र समृद्धिका लागि काम गरेको भन्दै उनले पुन जिल्लाको समृद्धिकालािग आगामी निर्वाचनमा बिजयी बनाउन आग्रह गरे ।