दाङ , १७ मङसिर । मङसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि दाङ क्षेत्र नम्बर १ मा बाम गठबन्धनले आफनो चुनावी प्रचार अभियानलाई तिव्र बनाएको छ ।
सभालाई सम्बोधन गर्दै उम्मेदवार थारुले बामपन्थीहरुको जीतलाई अब कसैले रोक्न नसक्ने बताए । निर्वाचनको संघारसम्म आईपुग्दा बामपन्थीका पक्षमा मतदाताका तिव्र साथ देखिएको भन्दै उनले मङसिर २१ पछि दाङ बामपन्थीमय हुने निश्चित भएको बताए । राप्ती ४ भानपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उम्मेदवार थारुले ५ वर्ष मतदाताले भोट हालेकोमा गर्व महसुस गर्ने गरी देउखुरीको विकास गरिने बताए ।
देउखुरी विकास र सम्भावनाले भरिएको क्षेत्र भएको भन्दै उनले यहाँको स्रोतसाधन परिचालन गरेर मुलुककै नमुना क्षेत्रका रुपमा देउखुरीको विकास गरिने प्रतिबद्धता जनाए । यस्तै राप्ती ८ खौरामा सिसहनिया कृषि सहकारीद्धारा आयोजित सभालाई सम्बोधन गर्दै उम्मेदवार थारुले सहकारीहरु समाजबादका आधारस्तम्भ भएको बताउदै मुलुकलाई समाजबादको यात्रामा उन्मुख गराउन सहकारीहरुलाई विशेष प्राथमिकतामा राखी विकास गरिने बताए ।
पत्थरगडवामा आयोजितसभालाई सम्बोधन गर्दै उम्मेदवार थारुले देउखुरी क्षेत्रमा देखिएको कटानको समस्या रोक्ने निर्वाचन जितेको दुई वर्ष भित्रमा राप्ती र आसपासका नदीमा तटबन्धनको व्यवस्था गरिने बताए ।