दाङ , १७ मङसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन संघारमै आईपुग्दा दाङ क्षेत्र नम्बर १ अन्तगर्तको देउखुरी क्षेत्रमा काँग्रेसलाई नयाँ मतदाता भन्दा आफना कार्यकर्तालाई जोगाउन धौ बन्दै गएको छ । निर्वाचन प्रचार अभियानलाई तिव्र बनाएको बाम गठबन्धनप्रतिको लहरले काँग्रेस कार्यकर्ता दिनदिनै पार्टी छाडेर माओबादीमा प्रवेश गरिरहेका छन् ।
यस्तै राजपुर गाउँपलिका ३ बसन्तापुरबाट नेपाली काँग्रेस र अन्य दलबाट विभिन्न नेता कार्यकर्ता माओबादीमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा कासीराम यादव , बाबुराम यादव ,राम प्रसाद यादव , यज्ञ प्रसाद यादव , राम सिङ यादव , प्रेमलाल यादव ,तजभुल शाही,जुलफरीम शाही, अब्दुल करिब शाही ,आशाराम ओली , राजकुमार यादव , श्रीमान मालिक र गरीलाल यादव माओबादीमा प्रवेश गरेका हुन ।
पार्टी प्रवेश गर्नेहरुले मुलुकका विकासका लागि स्थायी सरकार अत्यावश्यक भएको र त्यो बामगठबन्धनको जीतल मात्र सम्भव भएकाले आफुहरुले माओबादी प्रवेश गरेको बताएका थिए । नवप्रवेशीहरुलाई दाङ क्षेत्र नम्बर १(१) मा बाम गठबन्धनका उम्मेदवार इन्द्रजित थारुले टिका लगाएर पार्टी प्रवेश गराउनुभएको थियो ।