तुलसीपुर, १५ मंसिर । ज्ञानदीप कलेज तुलसीपुर अध्ययनरत विद्यार्थीहरुको सक्रियतामा गठन भएको स्टुडेन्ट क्वालिटी सर्कलले कलेजका विद्यार्थीहरु विचमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ।
कलेज प्रमुख सुरेन्द्र जिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिसीले विद्यार्थीहरुले अध्ययनसँगै वाहिरी ज्ञानमा पनि ध्यान दिनुपर्ने वताएका थिए ।
हेमन्तप्रकाश वलीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी सुवास सुवेदीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सर्कलका सचिव तेजकुमार डाँगीले गरेका थिए ।