इन्द्रेणी संवाददाता
दाङ, १५ मंसिर । दाङ अर्घाखाँचीको सिमानामा पर्ने रङसिङ खोलामा बाम गठबन्धको तर्फदाङ क्षेत्र नम्बर १ (१) का उम्मदेवार इन्द्रजित थारु र अर्घाखाँचीको प्रतिनिधिसभाका उम्मेदवार टोपबहादुर रायमाझीले संयुक्त सभालाई सम्बोधन गरेका छन ।
विकास र समृद्धिलाई निष्कर्षमा पु¥याउन बामपन्थी नेतृत्वमा स्थायी सरकार निर्माण गर्नुपर्ने हुँदा बाम गठबन्धनका उम्मेदवारलाई ढुक्क भएर मतदान गर्न उनले आग्रह गरे । यस्तै कार्यक्रममा बोल्दै उम्मेदवार थारुले यो क्षेत्रमा खासगरी सडक , शिक्षा र रोजगारीको समस्या रहेको उल्लेख गर्दै निर्वाचन जितेको २ वर्षमा विकास र समृद्धिमा सबैको पँहुच पु¥याउने बताए ।