तुलसीपुर १५ मंसिर । बामगठबन्धनको तर्फबाट दाङ क्षेत्र नं. ३ को प्रदेशसभा १ का उम्मेदवार जगप्रसाद शर्मा ‘अपार’ले आफुले चुनाब जिते लगतै बृद्धभत्ता पाँच हजार पु¥याउने बताएका छन् ।
संयुक्त बामगठबन्धनले बृद्धभत्ता पाँच हजार पु¥याउने घोषणा गरेकाले बामगठबन्धनको सरकार आएलगतै बृद्धभत्ता दुई हजार पु¥याउने प्रतिबद्धता जनाएका छन् । बामपन्थीकै सरकारले एक सय रुपैयाँबाट शुरु गरेको बृद्धभत्ता बामपन्थीकै सरकारमा दुई हजार पुगेकोे भन्दै उनले बामपन्थीकै सरकारले पाँच हजार पु¥याउने बताए ।