इन्द्रेणी संवाददाता
दाङ, १४ मंसिर । उपप्रधानमन्त्री तथा दाङ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार कृष्णबहादुर महरा र प्रदेशसभा २ (२) का उम्मेद्वार अमरबहादुर डाँगी चुनावी अभियानअन्तर्गत नारायणपुर बजारमा घरदैलो गरेका छन् ।
काग्रेसभित्रका इमान्दार कार्यकर्ताले पनि आफूहरुलाई मतादान गर्ने समेत दावी गरे । जनताहरु समृद्विको पक्षमा रहेकाले दाङ राजधानीका लागि वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन मतदाता आतुर भएको बताए ।