इन्द्रेणी संवाददाता
दाङ, १३ मंसिर । उपप्रधानमन्त्री तथा दाङ क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णबहादुर महराले मंगलवार दाङको तुलसीपुरमा भएको बम विष्फोटमा ज्यान गुमाएका विनोद चौधरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
साथै मृतक चौधरीको शोकाकुल परिवारजन प्रति धैर्यधारण गर्ने शक्ति प्रदान होस् भन्दै देशमा लोकतन्त्र स्थापनापछि संघीय संरचना अनुसार पहिलो पटक हुन लागेको प्रदेश र प्रतिनिधि सभाले मुलकमा स्थिर राजनीति स्थापना गर्दै मुलुकलाई संमृद्धिको दिशातर्फ लैजाने निर्वाचनलाई असर पर्ने गरी यस्ता अराजनीतिक र अराजक गतिविधि नगर्न पनि सम्बन्धित पक्षलाई महराले विज्ञप्तिमार्फत अपिल गरेका छन् ।
विज्ञप्तिमा बम विष्फोटबाट घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरिएको छ भने जिल्लाको शान्ति सुरक्षालाई चुस्तदुरुस्त बनाउन स्थानीय प्रहरी प्रशासनलाई पनि निर्देशन दिइएको छ ।