इन्द्रेणी संवाददाता
दाङ, १३ मंसिर । हाम्रो तुलसीपुर राम्रो तुलसीपुर अभियानले ६७ औ हप्ता पार गरेको छ । ६७ औं हप्ताको अभियान अन्तरगत तुलसीपुरको विरेन्द्र चोकबाट शिबनगरसम्म सरसफाई गरिएको छ ।
त्यस अबसरमा प्रमुख अतिथि मेयरले तुलसीपुरलाई स्वच्छ र हरियाली बनाउन अभियानको महत्वपुर्ण भुमिका रहेको बताए । कार्यक्रमको सहजीकरण सुचना अधिकारी झरेन्द्र खरेलले गरेका थिए ।