दाङ, १२ मंसिर । ड्याटसन कम्पनीको नयाँ कार दाङमा लञ्च गरिएको छ । पछिल्लो समयमा निकै चर्चामा रहेको अटोमोबाइल ब्राण्ड ड्याटसनले ‘ड्याटसन रेडी–गो १.० एल’ मोडेलको कार घोराहीमा लञ्च गरिएको हो ।
ईसान बढि पावरसुल र आरामदायी रहेको ड्याटसनका नेपाल सेल्स म्यान उपाध्यायले बताए ।
उनका अनुसार रेडी–गो १.० एल बजारमा नेपाली ग्राहकका माझ लोकप्रिय बन्दै गएको छ । रेडि–गो १.० टी (०)को मुल्य १९ लाख ४९ हजार रुपैया र रेडी–गो एस मोडेलको मुल्य २० लाख ४९ हजार रहेको ड्याटसन कारका आधिकारिक विक्रेता राप्ती अटो टे«डिङका प्रमुख भोलानाथ योगीले बताए । निःशुल्क सडक कर, तीन वषर्को फ्रि सर्भिस र वारेन्टीको सुविधा दिइएको छ ।