इन्द्रेणी संवाददाता
दाङ, १२ मंसिर । उप्रधानमन्त्री तथा दाङ क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णबहादुर महराले आफू पहिलेदेखि नै दाङको विकासमा हातेमालो गर्दै आएको र आगामी दिनमा पनि दाङकै विकासका लागि मरिमेटने बताएका छन् ।
उनले मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको चुनाव ऐतिहासिक र महत्वपूर्ण भएको उल्लेख गर्दै उनले यसमा बाम गठबन्धनलाई मतदान गरेर मुलुकलाई स्थिर राजनीति र संमृद्धितर्फ लैजाने बाटो खोलिदिन सबैलाई आग्रह गरे । फेरि दाङकै विकासको विषय दोहो¥याउदै दाङलाई पाँच वर्षमा देशकै नमुना बनाउन सकिने भन्दै त्यसमा आफू लागिपर्ने बताए । तर जिल्लाको विकासका लागि आफूलाई त्यो स्थानसम्म पु¥याउन जनताले साथ दिनुपर्ने बताए ।