घोराही,१० मंसिर । अमेरिका निवासी मधुकर रजौरे र रुवी रजौरेले आफनी छोरी मलिषा रजौरेको जन्मदिनका अवसरमा जेष्ठ नागरिकहरुलाई व्लाङकेट सहयोग गरेका छन् ।
उक्त व्लाङकेट मलिषाका फुपुहरु रिता खनाल र गमला धितालले वृद्धवृद्धाहरुलाई प्रदान गरेका थिए । जेष्ठ नागरिक सरोकार केन्द्र सञ्चालक समितिका अध्यक्ष भुपाल गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन समितिका बरिष्ठ उपाध्यक्ष माधव लोहनी,सल्लाहकार भोलानाथ योगी,कोषाध्यक्ष भिमलाल श्रेष्ठ,सदस्य रूपा वली, भवानीराज भण्डारीलगायतको बोलेका थिए ।