दिपक बोहरा
तुलसीपुर ८ मंसिर । बामगठबन्धनको तर्फबाट दाङ क्षेत्र नं. ३ को प्रदेश सभा १ का उम्मेदवार जगप्रसाद शर्मा‘अपार’ले मुलुकलाई मार्गदर्शन गर्ने निर्बाचन भएको बताएका छन् ।
‘ देश कता लैजाने भन्ने मतदाताको हातमा छ ’ उनले भने ‘ सोँच, बिचार गरेर मात्रै मतदान गर्नुहोला ।’ अहिले बामपन्थि शक्तिहरु समाजबाद निर्माण गर्न गठबन्धन गरेको भन्दै बामपन्थिलाई बिजय बनाए ५ बर्षमै मुलुकलाई बिकसित र सम्बृद्धि बनाउने प्रतिबद्धता जनाए ।
बिगत लामो समय सम्म काग्रेसले सरकार चलाएको भएपनि मुलुकमा समृद्धि आउन नसकेको भन्दै अब कम्युनिष्टले ५ बर्ष मात्रै सरकार चलाए मुलुकलाई सम्बृद्ध बनाएरै देखाउने ठोकुवा गरे ।‘काग्रेस पटक पटक सरकारमा बस्यो, तर मुलुकले निकास पाउन सकेन ’ उनले भने ‘ अब कम्युनिष्टलाई एकलौटी सरकार चलाउन दिनुस, हामी ५ बर्षमा सम्बृद्ध बनाएर देखाउछौं ।’