Indrenionline.com

दाङ राजधानी मात्रै होइन सबै क्षेत्रको हव बन्छ : महरा

इन्द्रेणी संवाददाता
दाङ, ६ मंसिर । उपप्रधानमन्त्री तथा क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार कृष्णबहादुर महराले एसियाकै ठूलो उपत्यका भएकाले सम्भावनाको हिसावले सबै क्षेत्रको हव बन्ने बताएका छन् । घोराहीमा आयोजना गरिएको वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले प्रदेश नं. ५ को केन्द्र भएकाले र प्रदेशको राजधानी बन्ने र सबै क्षेत्रको केन्द्र अर्थात हव बन्ने बताएका हुन् ।

वाम गठबन्धनको उम्मेदरहरु जितेर भएपछि लुम्बीनी क्षेत्रलाई एउटा महानगरपालिका बनाएर त्यसलाई पर्यटकिय नगरी बनाउने र नेपालगञ्जलाई एउटा महानगरपालिका बनाएर औद्योगीक नगरी र दाङलाई स्मार्ट सिटीको रुपमा विकास गरिने उनले बातए ।

आफूहरुको संकल्प मुलुकलाई स्थीर राजनीति र सरकारको माध्यमबाट सबैखोले संमृद्धि गर्दै समाजवाद स्थापना गर्ने भएको उल्लेख गर्दै महराले अबको चुनावपछि मुलुक संमृद्धितर्फको समाजवादतर्फ उन्मुख हुने ठोकुवा गरे । त्यसका लागि वाम गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन उनले सबैलाई आग्रह गरे ।