इन्द्रेणी संवाददाता
दाङ, ६ मंसिर । नेकपा एकालेका नेता तथा प्रदेश सभा दाङ क्षेत्र नं. २ (१) का उम्मेदवार शंकर पोख्रेलले दाङलाई प्रादेशिक राजधानी बनाउनका लागि वामगठबन्धनले जितनुपर्ने बताएका छन् । आज दाङको घोराहीमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै उनले दाङ जसरी पनि प्रदेश नं. ५ को राजधानी बन्ने बताए ।
उनले दाङबाट वाम गठबन्धनका सबै उम्मेदवारलाई अत्यधिक वहुमतले जिताउन समेत आग्रह गरे ।