दाङ, ३ मंसिर । बाम गठबन्धनका दाङ निर्वाचन क्षेत्र नं. २ (१) का प्रदेशसभा सदस्य पदका उम्मेदवार शंकर पोख्रेलले आफूले जितेमा पाँच बर्षमा प्रदेश नं. ५ का कुनैपनि युवा रोजगारी खोज्दै विदेशिनु नपर्ने बताएका छन् ।
नेकपा एमालेका स्थानीय कमिटी सदस्य पोख्रेलले आफूले जितेमा प्रदेश नं. ५ को मुख्य मन्त्री बन्ने र हरेक युवालाई कुनै न कुनै खालको तालिम तथा सिप प्रदान गर्ने बताए । हरेक युवाको स्वास्थ्य विमा बनाउने बताएका पूर्व मन्त्री पोख्रेलले सक्नेले आफै त्यो विमा बनाएतापनि विमा बनाउन नसक्नेहरुलाई राज्यले नै लगानी गरेर विमा बनाइ दिने बताए ।