घोराही, १ मंसिर । घोराही उपमहानगरपालिकाले घोराही क्षेत्रमा ६ सय बढी म्यादी प्रहरीलाई परिचालन गरि सरसफाई गरेको छ । पाक्षिकरुपमा गर्दै आईरहेको सरसफाई अन्तरगत जिल्ला प्रहरी कार्यालयको समन्वयमा उपमहानगरपालिकाले ६ सय म्यादी प्रहरी परिचालन गरेर बजारभरी सरसफाई गरेको हो ।
म्यादी प्रहरी सहित नेपाल प्रहरीले दश वटा समुहमा बिभाजन भई बजारका गल्ली गल्लीमा पुगेर सरसफाई गरेका छन् । प्रहरी बोर्डिङ, जिप्रका, तुलसीपुर चोक, बसपार्क, मिलन चोक, दामोदर चोक, सब्जीमण्डी, लखनपार्क, दूर सञ्चार, सेना व्यारेक, शहिद गेट, जेसिज मार्ग, निर्बाचन कार्यालय रोड, विपि चोक, काठेकोल, भिमसेन टोल लगाएका क्षेत्रमा भएका फोहोरहरु संकलन गरिएको छ ।