दिपक बोहरा
तुलसीपुर ३० कार्तिक । बामगठबन्धनको तर्फबाट दाङ क्षेत्र नंं. ३ को १ का प्रदेश सभा सदस्यका उम्मेदवार जगप्रसाद शर्मा ‘अपार’ले देशमा अस्थिरता पैदा गर्न चहाने शक्तिहरुले षडयणत्र गरिरहेको बताएका छन् ।
तुलसीपुर उपमहानगरपालिका ९ बेलुवामा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै अपारले भने ‘ परिबर्तन नचहाने शक्तिले जनतालाई भेडाबाख्रा सम्झेर खरिद बिक्री गर्न खोजिरहेका छन्, यसमा जनतालाई सचेत रहन आग्रह गर्छु ।’
अहिले बामगठबन्धनले सम्बृद्धिका लागि ल्याएका एजेण्डाप्रति जनताको समर्थन देखेर काग्रेसलगायतका दल अतालिएको बताए । सम्बृद्धिका एजेण्डा देखेर चुनाबमा हार्ने निश्चित भएपछि जनतालाई खरिद बिक्रि गर्न खोजिरहेको उनको भनाई थियो । साथै उनले ५ नं. प्रदेशको राजधानी दाङमा ल्याउन, समग्र दाङको बिकास र सम्बृद्धिका लागि बामपन्थि शक्ति बाहेक अरुको बिकल्प समेत नरहेको बताए ।