गणेश ओली
रुकुम ( पूर्व ) २९ कार्तिक । स्थानीय तहको निर्वाचनमा माओवादीद्धारा सम्पूर्ण गाउँपालिका जितेको पूर्वी रुकुममा वामपन्थिहरुले प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनका लागि आक्रामक रुपमा प्रचार प्रसार गरिरहेका छन् । नेपाली काङ्गरेस, नयाँ शक्ति नेपाल लगाएतका दलको उम्मेदवारी रहे पनि वामपन्थिका साझा उम्मेदवारहरु कमला रोका, तेजबहादुर ओली र पूर्णबहादुर घर्तिको प्रचार शैली आक्रामक रहेको छ ।
अन्य दलहरुले पनि प्रचार प्रसार गरे पनि ठूला सभा गर्न सकेका छैनन् । पूर्वी रुकुममा प्रतिनिधी सभामा वामपन्थिका साझा उम्मेद्वार, नोपाली काङ्गरेस र नयाँ शक्तिका उम्मेदवार विच प्रतिष्पर्धा देखिएको छ । तर माओवादीको आधार ईलाका सो क्षेत्रमा कमला रोकाको विजय सुनिश्चित जस्तै रहेको स्थानीय बुद्धिजीवी तथा अगुवाहरुको विश्लेषण छ । पूर्वी रुकुममा आउँदो मंसिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि एमाले र माओवादीका तर्फवाट साझा प्रचार प्रसार टिम बनाएर विभिन्न शैलीमा प्रचार गरिरहेको एमाले नेता टोपबहादुर ओलीले जानकारी दिनुभयो ।
सभालाई माओवादी नेताहरु गणेशमान पुन, प्रदेश सभा प्रत्यक्ष तर्फकी उम्मेद्वार कमला रोका, प्रदेश सभाका उम्मेदवार तेजबहादुर ओली, एमाले नेताहरु खेममान खड्का, नन्दलाल शर्मा, देवी ओली, टोपबहादुर ओली लगाएतले सम्बाोधन गरिरहनुभएको छ । अन्य दलहरुले पनि साना साना सभा तथा घरदैलो गरिरहेका छन् ।