तुलसीपुर २६ कात्तिक । तुलसीपुर क्षेत्रमा वामपन्थि व्यापारीहरुको भेलाले वामपन्थी उम्मेदवारहरुलाई जिताउनका लागि सक्रिय भएर लाग्ने वताएका छन् । उनीहरुले वामपन्थीको सरकारले जिते मात्रै उद्योगी र व्यापारीहरुको पेशागत सुरक्षा हुने र मुलुक समृद्धिको वाटोमा हिड्ने भएकाले वामपन्थिहरुलाई विजयी वनाउने निर्णय गरेका हुन् ।
वामपन्थी गठवन्धनका उम्मेदवारको जित सुनिश्चत गर्नका लागि एमाले निकट नेपाल राष्ट्रिय वाणिज्य संघ र माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय उद्योग व्यापार संघ संयुक्त रुपमा कार्यक्रम गरेर चुनावी अभियानमा लागेको सह संयोजक यज्ञवहादुर केसीले वताए ।