देउखुरी, २४ कात्र्तिक । संयुक्त निर्वाचन परिचालन समिति दाङ क्षेत्र नं. १ को आयोजनामा लमही नगरपालिकाको वडा नं. १ र २ मा वडा स्तरीय संयुक्त भेला आज सम्पन्न भएको छ । वाम गठवन्धनका साझा उम्मेदवारलाई विजय वनाउन टोल–टोलमा परिचालन हुन कार्यकर्तालाई निर्देशन दिइएको छ ।
यसैगरी वडा नं. २ को सोनपुरमा संयुक्त भेला सम्पन्न भएको छ । वडा संयोजक रेशम केसीको अध्यक्षतामा भएको कार्यक्रममा उम्मेदवारहरुले वाम गठवन्धनको विजयले मात्र देशमा समृद्धिको ढोका खोल्ने विश्वास दिलाए ।
भेलालाई सम्वोधन गर्दै संयुक्त वाम गठवन्धनका प्रतिनिधि सभाका उम्मेदवार मेटमणी चौधरीले जसले विश्व विद्यालय तथा मन्दिरको नाममा रहेको जग्गा जोत्दै आएका किसानको नाममा दिनेगरी काम गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
कार्यक्रममा नेकपा एमाले पोलीटब्यूरो सदस्य भागवत विश्वासी, प्रदेश सभा सदस्यका उम्मेदवार रेवतीरमण शर्मा, समानुपातीक उम्मेदवार सरस्वती गौतम, दामा शर्मा, सिता यादव लगाएतका वक्ताहरुले मन्तब्य ब्यक्त गरेका थिए ।