दाङ, २४ कार्तिक । दाङ च्याउमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लामा गएको आर्थिक वर्षमा करिव ७२ लाख १४ हजारको च्याउ उत्पादन भएको र त्यो जिल्लाभित्रै खपत भएको जिल्ला कृषि विकास कार्यालय दाङले बताएको छ ।
आर्थिक वर्ष २०७३÷७४ मा जिल्लामा विभिन्न जातका ३९ दशमलव २३ मेट्रिक टन उत्पादन भएको थियो । जसबाट कृषिकहरुले ७२ लाख १४ हजार आम्दानी गरेको कृषि विकास कार्यालयको तथ्याङ छ । धेरै किसानहरुले त आफूले मात्रै खानाका लागि पनि च्याउ खेती गर्ने गरेको अधिकृत वस्नेतको भनाइ छ ।
अहिले जिल्लाका एक सय ४२ जनाले आफूले खानाका लागि मात्रै च्याउ खेती गर्ने गरेका छन् भने सात सय १३ जनाले व्यवसायिक रुपमा च्याउ खेती गर्दै आएका छन् । थोरै लगानीमा पनि राम्रो आम्दानी गर्न सकिने भएकाले पनि व्यवसायिक च्याउ खेतीमा कृषकहरु आर्षित भएको कृषि विकास कार्यालयको आँकलन छ । दाङमा २०६० सालबाट व्यवसायिक च्याउ खेती शुरु भएपनि करीव १४ वर्षमा च्याउ खेतीमा कृषकहरु अत्यधिक रुपमा आर्षित भएको अधिकृत वस्नेतको भनाइ छ ।