शंकर केसी
दाङ, २३ कार्तिक । पशुपालन सम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम बुधबार दाङ शान्तिनगरको चिराघाटमा सम्पन्न भएको छ । शान्तिनगर गाउँपालिका अन्तर्गत पशुस्वास्थ्य शाखाले अभिमुखिकरणको आयोजना गरेको हो ।
उनले यस आर्थीक वर्षमा गाउँपालिकाभरि पशु तर्फ २५ लाख ७६ हजार रुपैया खर्च गरिने जानकारि दिनए । उक्त रकम पशु सेवा स्वास्थ्य नियमन कार्यक्रम, पशु सेवा विकास कार्यक्रम, पशु सेवा आहार कार्यक्रम र पशु सेवा प्रशार कार्यक्रमका लागी खर्च गरिने प्रमुख आचार्यले बताए ।
कार्यक्रममा शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमान सिंह डागी, कार्यकारि अधिकृत निम बहादुर केसी लगाएतकाले पशुपालनको माध्यमबाट आर्थीक अवस्था सुधार गर्ने प्रशस्तै सम्भावना रहेको भन्दै व्यवशायीक रुपमा किसानहरुले केहि कुरा बुझेर यस तर्फ लाग्नुपर्ने बताएका थिए ।