इन्द्रेणी संवाददाता
दाङ, २२ कार्तिक । घोराहीको मेचिकाली बोडिङ स्कुलका विद्यार्थी र शिक्षकहरुले एक दिनको खाजा खर्च बराबरको रकम घोराही–१५ का मृगौला पीडित अरुण खनाललाई सहयोग गरेका छन् ।
करीव ६ महिनादेखि दुबै मृगौलाले काम गर्न छोडेपछि मानव अंग प्रत्यारोपन केन्द्र भक्तपुरमा उपचारमा रहेका २३ वर्षिया अरुण खनालको उपचारका लागि सहयोग गरिदिएकोमा उनको परिवारले मेचिकाली बोडिङ स्कुलका विद्यार्थी र शिक्षकलाई धन्यवाद दिएको छ ।
केही दिन पहिले पीडित खनालको परिवारले छोराको उपारका लागि सहयोग गरिदिन दाङको घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी सबैमा अनुरोध गरेको थियो । पीडित अरुणलाई मृगौला प्रत्यारोपन गर्नुपर्ने भएको छ ।