इन्द्रेणी संवाददाता
दाङ, २२ कार्तिक । माओवादी केन्द्र र एमाले संलग्न बाम गठबन्धन निर्वाचन परिचालन समिति क्षेत्र नम्बर २ ले आज बुधवार दाङको घोराहीमा हुने संयुक्त कार्यकर्ता प्रशिक्षणको आयोजना गरेको छ ।
प्रशिक्षण भेलालाई नेकपा माओवादी केन्द्रका नेता एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार कृष्णबहादुर महरा र नेकपा एमालेका नेता एवं क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १ का उम्मेदवार उम्मेदवार शंकर पोख्रेलले सम्वोधन गर्ने विज्ञप्तिमा उल्लेख छ ।