इन्द्रेणी संवाददाता
दाङ, २० कार्तिक । दाङको तुलसीपुरलाई सधैका लागि अध्यारो मुक्त बनाउने उदेश्यले ‘उज्यालो तुलसीपुर’ नाम दिएर योजनाको सम्भाव्य अध्ययन गरिएको छ । सौर्य उर्जाको माध्यमबाट सो क्षेत्रमा २४ सै घण्टा विद्युत उपलव्ध गराउने गरी सम्भाव्य अध्ययन गरिएको हो ।
सौर्य उर्जाबाट विद्युत उत्पादन गर्नका लागि सम्भाव्यता अध्ययन गरिएका ठाउँमध्ये तत्काल उपयुक्त ठाउँको छनोट गरेर काम अगाडि वढाइने मेयर धनाश्याम पाण्डेले वताए । ‘हामी यो कार्यमा लागिरहेका छौं केही स्थानहरु पनि सम्भाव्य अध्ययन भइसकेको अवस्था हो तत्काल सम्भावित स्थानबाट काम शुरु गर्छाै’, उनले भने ।