घोराही, १९ कार्तिक । राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट प्रदेशसभामा उम्मेदवारी दिएका इश्वरीप्रसाद शर्माले काँग्रेस उम्मेदवारलाई समर्थन गर्दै आफनो उम्मेदवारी फिर्ता लिएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस उम्मेदवार कमलकिशोर घिमिरेले लोकतान्त्रिक शक्तिलाई बिजयी गराउन सहयोग गर्ने राप्रपा प्रजातान्त्रीकका उम्मेदवार ईश्वरीप्रसाद शर्मालाई धन्यावाद दिएका थिए । साथै घिमिरेलाई देशको आर्थिक समृद्धि कांग्रेस्बाट मात्र सम्भव हुने भन्दै कम्युनिष्टहरुको एकताले प्राप्त उपलव्धी नै गम्ने खतरा रहेको बताएका छन । कम्युनिष्टहरुको मिलन सम्पुर्ण नेपाली जनताहरुको लागि आश्चर्य भएको भन्दै उनले लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्तिको बिजय अपरिहार्य रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि दाङ क्षेत्र नम्वर २ प्रतिनिधिसभाका उम्मेदवार राजु खनालले नेपालको समृद्धि र प्रगतिका लोकतान्तिक शक्तिको जीत आवश्यक रहेको बताए । कम्युनिष्टहरु मिठा कुरा गरेर जनतालाई भ्रममा पार्ने मात्र काम गर्ने गरेको भन्दै निवर्तमान सांसद समेत रहेका खनालले काग्रेसले मात्र नेपालको जीतले मात्र देशको आर्थिक समृद्धि सम्भव भएको बताए ।
काग्रेसको पहलमा जिल्लामा सडक, स्वास्थ्य, कृषि सिचाई लगायतका क्षेत्रमा विकास भएपनि त्यसको जस लिनकालागि कम्युनिष्ट पार्टीहरु होडबाजीमा लागेको बताए । यस विषयमा सचेत रहन जिल्लाबासीहरुलाई उनले अनुरोध पनि गरेका छन् ।