इन्द्रेणी संवाददाता
दाङ, १८ कार्तिक । दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १५ भिमसेन टोल निवासी हेमलाल खनालले मृगौला पीडित आफ्नो २३ वर्षिय छोरा अरुण खनालको जीवन बचाइदिन अपिल गरेका छन् ।
छोरा अरुणको तीन महिनादेखि काठमाडौंको मानव अंग प्रत्यारोपन केन्द्रमा साताको दुई पटक डाइलोसिसमा रहेको बुबा हेमलालले बताए । डाइलोसिसमा मात्रै महिनाको ५० हजारभन्दा वढी खर्च हुने गरेको र डक्टरहरुले नयाँ मृगौला प्रत्यारोपनको विकल्प नभएको सल्लाह दिएको उनले बताए । आर्थिक रुपमा परिवार कम्जोर रहेको र मृगौला प्रत्यारोपन गर्न लाग्ने ठूलो रकम आवश्यक पर्ने भएकाले सो रकम जुटन सके छोराको जीवन वच्ने आशा आफूहरु रहेको हेमलालले बताए ।
सहयोग गर्न चाहानुहुनेहरुले पीडित अरुण खनालकै नाममा रहेको माछापुछ्रे बैंक शाखा भक्तपुरमा रकम जम्मा गर्नु सक्नुहुने छ भने फोनमार्फत सहयोग गर्नु चाहानेले ०८२–५६२०८७ अथवा मोवाईल नम्बर ९८६८३९७५३३ मा सम्पर्क गर्न सकिने पनि उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।