दाङ । मध्यपश्चिम प्रहरी वोडिङ स्कुलमा वास्केट वलको कोर्ट निर्माण गरीएको छ । कोर्टको उद्घाटन प्रदेश नम्वर ५ का नेपाल प्रहरीका प्रमुख मिङमार लामाले गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश प्रमुख लामाले खेलले वालवालिकाको विकासमा सहयोग पुग्ने भएकाले यो कोर्डले सहयोग पु¥याउने बताए । विद्यालयमा रहेका जिर्ण भवन नया निर्माणका लागि आफनो तर्फवाट सहयोग हुने लामाले कार्यक्रममा प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
विद्यालयको आन्तरीक स्रोतवाट ३ लाख ७१ ह्जार ७ सय ३८ रुपैया खर्च गरीएको र विद्यालयका कार्यरत प्रहरीहरुले श्रमदान गरेको उहाँले जानकारी दिनुभयो । छात्रा प्रिती विष्टको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा धन्यावाद ज्ञापन प्राचार्य कृष्णार्जुन शाहले गरेका थिए । कार्यक्रमको सहजिकरण शिक्षक वलदेवराज पन्तले गरेका थिए ।