इन्द्रेणी संवाददाता
दाङ, १५ कार्तिक । आगामी मंसिर १० र २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई नमूना बनाउन सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्न जिल्ला प्रशासन कार्यालय दाङले आग्रह गरेको छ ।
उनले पत्रकारहरुलाई आचारसंहितामा रहेर चुनावको रिपोटिङग गर्न आग्रह गर्दै अरु कसैले निर्वाचन आचारसंहिता उलंघन गरे नगरेको र निर्वाचनको रिपोटिङ स्वतन्त्र र निश्पक्ष भएर गर्न अनुरोध गरे ।
प्रजिअ श्रेष्ठले जिल्लाको चुनावी सुरक्षा व्यवस्थाको सम्पूर्ण तयारी भएको समेत जानकारी गराए । सो अवसरमा दाङ जिल्ला प्रहरी प्रमुख दुर्गा सिंहले जिल्लाका कुल मतदानस्थलमध्ये ६ वटा अति सम्वेदनबील, १२८ संवेशनशील र १७ वटा सामान्य भएको जानकारी दिइन् । साही अनुसार सबै मतदानस्थलमा सुरक्षा योजना तय गरिएको समेत उनले बताइन् ।