के.बि.मसाल
रुकुम जिल्ला सस्कृतिको धनि जिल्लामा मानिन्छ । एउटै जिल्लामा हिमाल, पहाड र सम्म मैदानी भाग र टारले मिलेको भूगोल पनि रुकुम जिल्लामा रहेको छ । यतिखेर रुकुम दुई प्रदेश ५ र ६ मा बिभाजन भै जिल्ला समेत दईवटा भएको छ । मुसिकोट प्रदेश नम्वर ६ मा पर्दछ भने रुकुमकोट प्रदेश नम्वर ५ मा परेको छ । धर्म, सस्कृति र पर्यटकिय स्थलको धनि जिल्ला रुकुममा ऐतिहासिक प्राकृतीक सम्पदा र धार्मीक स्थलहरु धेरै छन । कतिपय मानिस सदरमुकाम मुसिकोट पुगेर पनि डिग्रेसाई भगबतीको मन्दिर र नजिकै पर्ने ऐतिहासिक जन्तिबस्ने ढुङगा सम्म पुग्ने गर्दैनन् । रुकुम जिल्ला घुम्न अथवा अन्य कुनै भौगोलिक अध्ययनको बारेमा रुकुम पुग्दछन भने डिग्रे मन्दिर र जन्तिबस्ने ढुङगामा पुगेन भने उसको अध्ययन पुरा हुदैन ।
डिग्रेमन्दिरबाट एक घण्टाको उकालो पैदल यात्रा गरेपछि पुगीने जन्तिबस्ने ढुङगाबाट स्यार्फु तालको पुर्णआकार ,पुरानो सदरमुकाम अर्थात पुन अहिले पूर्वी रुकुमको
डिग्रे मात्र होइन धार्मिक एवम ऐतिहासीक महत्व बोकेका स्यालापाखाको वराहा मन्दिर नाथीगाड, आठबिसकोट, पिपलको कुनाखेत जस्ता स्थानमा पनि मेला लाग्ने गर्दछ । ओढार, ऐतिहासिक राजाहरुको दरवारका भगनावशेष, झुलावाङको तामाको पैसा काट्ने ऐतिहासिक टक्सार, कोलको विरगुम गाउको तामा खानी, पोखराको तातोपानी, सानोभेरीले पनि पर्यटकहरुलाई नया अनुभुत दिलाउन रुकुम जिल्लाले सक्दछ । यो बाहेक ठूलो भेरी सानो भेरीको मिलन स्थल रिम्ना आठबिसको राढीज्यूला, चौरजहारीको सुन्दर उपत्यका साखको ठूलीदह, सानीदह तकसेराको मनोरम वस्ती, उत्तरगङगा माछेमूल, कोल किनवाङ घनचौरको भेडाको बथान निस्कने ओढार हिमाली वन्यजन्तु र पशुपन्छीको वासस्थान लगायतका कतिपय पहिचान भएका र पहिचान हुन नसकेका भौगोलिक प्राकृतिक संरचनाहरुको धनि रहेको छ रुकुमको प्राकृतीक सम्पदा । हिमाली गाउ अथवा खाममगर जातीहरुको बस्तीमा पुग्ने मानिसहरु रुकुम जिल्ला पुगेपछि ढोरपाटन जान रुचाउछन ।
पूर्वी रुकुमको सदरमुकाम रुकुमकोट सानोभेरी नदी र रुकुमगार खोलाको संगम स्थल बिशाल धाउने बगर फाट बाटमाथी उठेको सुन्दर पहाडी उपत्यका हो । जुन ठाउमा बाहिरका मानिसहरु पुगेपछि त्यसको दृष्यबाट आनन्द लिन सक्दछन । प्राकृतिक जलासय, अलौकिक कमलका फूलहरुले सजिएको कमल दह भएको रुकुमकोट ऐतिहासिक अध्यनको लागी महत्वपूर्ण स्थल मानिन्छ । बाउन्न टाकुरीका थुम्काहरु बिच–बिचमा लुकेका साना ठूला पोखरी आकारका फाटहरुका बस्तीहरुले दिने मनोरम प्राकृतिक सौन्दर्यता, आकर्षक भूबनोट सन्तुलित हावापानीको वातावरणले रुकुमकोट पुग्ने जो कोहिलाई पनि आकर्षण गराउछ । तपाइ रुकुम जानु भएको छ ? वा जाने सोचमा हुनुहुन्छ ? अथवा रुकुमको बारेमा केहि थाहा छैन ? रुकुम जानु भयो भने एक पटक डिग्रे साईभगवतीको मन्दिरमा पुग्नुहोस ! त्यसको आनन्द गएपछि मात्र थाहा पाउनु हुनेछ ।
रुकुम जिल्ला प्रवेश गर्ने छिन्चु–चौरजहारी, सल्यान–मुसिकोट मोटर मार्ग र भालुवाङ रोल्पा लिवाङ हुदै थवाङको बाटो भएर जान रुचाउने हरुको लागी बास बस्ने होटल र सुरक्षाको प्रवन्ध गर्नु पर्दछ । जिल्लामा भएका चौरजहारी र सल्लेका हवाई उडान नियमित गराएर तुलसिपुर– रुकुम, भैरवा–रुकुम र पोखरा–रुकुममा समेत उडान भर्न लगाउन पर्दछ । पैदल यात्रामा उपल्लो रुकुम तकसेरा, रन्मा मैकोट पुग्ने जो कोहि पर्यटकहरलाई पनि डोल्पा पुग्ने सडकको सुधार हुन जरुरी छ । सामान्यता यि कुराहरुको सुधार भयो भने रुकुमको पर्यटन विकासमा धेरै सुधार आउने आशा गर्न सकिन्छ ।
पछिल्ला दिनहरुमा पर्यटकहरुको भ्रमण उद्देश्य फराकिलो हुदै गएको छ । वाह्य पर्यटकहरु मात्र नभएर आन्तरिक पर्यटकहरुको सख्यापनि प्रत्यक बर्ष बृद्धिहुदै जान थालेको छ । प्रत्येक जिल्लामा पर्यटकहरुको विकास गर्नु पर्दछ भन्ने धारणा विकास भएको छ । कतिपय जिल्लामा पर्यटकहरुलाई बस्न, खानको सुविधा दिन होमस्टेको सन्चालन हुन थालेका छन । यसलाई रुकुम जिल्लाले पनि सिक्न जरुरी छ । रुकुम पुग्नको लागी आफ्नो अनकुल अनुसारको धेरै बाटोहरु रोज्न सकिन्छ । काठमाण्डौ–रुकुम र नेपालगन्ज–रुकुम हवाई यातायात सेवाबाट रुकुम जाने मानिसहरुको लागी रुकुम जिल्लामा चौरजहारी र मुसिकोटमा सल्ले गरी दुई स्थानमा विमानस्थल छ । काठमाण्डौ, पोखरा तिर बाट रुकुम भ्रमणमा निस्कने मानिसहरुको लागी वाग्लुङ वजार हुदै वुर्तिवाङ सम्म बसको यात्रा र त्यस पछि पैदल यात्रामा ढोरपाटन अवलोकन गर्दै रुकुम जिल्लाको तकसेरा पुग्न सकिन्छ ।
अर्को मार्ग सजिलोको लागी दाङ तुलसीपुर हुदै सल्यान जिल्लाको दृष्यावलोकन गर्दै रुकुम पुग्न सकिन्छ । तुलसीपुर देखि मुसिकोट सम्मको १६२ कि.मि. सडकमा यात्रा गर्दा दाङ र सल्यान जिल्लाको धेरै भू–भागको अध्यन र प्राकृतिक आनन्द लिन सकिन्छ । त्यसैगरी दाङको घोराहीबाट होल्लेरी हुदै होल्लेरी– चुनवाङ सडकबाट समेत रुकुम प्रवेश गर्न सकिन्छ । अर्को मार्ग हो भालुवाङबाट रोल्पाको सदरमुकाम लिवाङ सम्म १०७ कि.मी.बसको यात्रा गरी रोल्पाको ऐतिहासिक गाउँ थवाङ हुदै ऐतिहासिक जलजला पहाडको समेत अध्यन र भ्रमण गरेर रुकुमको महत गाउमा प्रवेश गर्न सकिन्छ । पश्चिम नेपालबाट रुकुम आउने पर्यटकहरुको लागी नेपालगन्ज कोहलपुरबाट छिन्चु ६५ कि.मी.पार गरेपछि भेरी नदीको किनार किनारै सल्लिवजार हुदै कविन ९० कि.मी मोटरमार्गको यात्रा गरेपछि रुकुमको चौरजहारी प्रवेश गर्न सकिन्छ ।
चौरजहारीबाट रुकुम जिल्लामा प्रवेश गर्ने मानिसहरुले रुकुम जिल्लासंग जोडिएका सल्यान र जाजरकोट जिल्लाका दर्जनौ गाउँ र बस्तीहरु अवलोकन गर्न पाउछन । चौरजहारीबाट देखिने जाजरकोट जिल्लाको सदरमुकाम खलगांले रुकुम प्रवेश गर्नेहरुका लागी नौलो अनुभूती दिलाउछ । रुकुम भ्रमण गर्नको लागी कुन–कुन स्थानको भ्रमण गर्ने हो ? त्यसको आधारमा समय अवधि बनाउन सकिन्छ । त्यसै गरी यात्राको समयमा कसरी यात्रा गर्ने हो ? त्यसैको आधारमा लाग्ने खर्चको पनि निश्चित गर्न सकिन्छ । रुकुम जिल्लाका अधिकाशं गाउँहरुमा कच्ची सडक पुगेको छ । जिल्लाका अति दुर्गम हिमाली गाउँहरु हुकाम, मैकोट, जाङ, सिस्ने, प्वाङ, राङसी र स्यालाखदीमा अझै सडक पुग्न बाकी छ । रुकुममा शान्ति प्रक्रियापछि ३६४ किलोमिटर सडक निर्माण भएको छ । जसमध्ये २७६ किलोमिटर सडकमा यातायात सन्चालनमा आएका छन । मध्यपहाडी लोकमार्गल रुकुमकोट, खलंगा, चाइनाबगर, चौरजहारी हुदै १ सय ३४ किलोमिटर सडकमा पनि धेरै स्थानमा मोटर चल्न थालेको छ । जस्ले गर्दा रुकुम पुग्ने मानिसहरुको लागी भ्रमणमा सजिलो हुने छ ।