Indrenionline.com

दाङमा आठ मतदानस्थल अति संवेदनशील र १३२ मतदानस्थल संवेशनशीलको सूचीमा

दाङ, १४ कार्तिक । दाङका एक सय ५१ मतदान स्थलमध्ये आठ ओटा मतदानस्थललाई अति संवेदनशीलको सूचिमा राखिएको छ । त्यस्तै एक सय ३२ मतदानस्थललाई संवेदनशील र ११ मतदानस्थल सामान्यको सूचीमा राखिएको छ ।

आगामी मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तय गरिएका ती मतदानस्थललाई सुरक्षाको स्थिति, यातायातको पहुँच र विगतको गतिविधिलाई आधार मानेर अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन चरणमा जिल्ला प्रहरी कार्यालयले वर्गिकरण गरेको हो ।

अति संवेदनशीलको एउटा मतदानस्थलमा ४ जना प्रहरी र १० म्यादी प्रहरी, संवेदनशीलको एउटा मतदानस्थलमा ३ प्रहरी र १० म्यादी प्रहरी र सामान्यको एउटा मतदानस्थलमा ३ प्रहरी र ५ म्यादी प्रहरी खटाइने प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिएकी छन् । जिल्लामा एक सय ५१ मतदानस्थलमा ३ सय ९४ मतदान केन्द्र तय गरिएको छ ।