दाङ, १४ कार्तिक । स्थानीय सीप र प्रविधिलाई सदुपयोग गर्दै महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले जनउत्थान विकास समाज केन्द्र दाङले अल्लोका समाग्री बनाउने तालिम सञ्चालन गरेको छ ।
गरिवी निवारण कोषको आर्थिक सहयोगमा जनउत्थानमार्फत जिल्लामा सञ्चालन भएको द्धन्दप्रभावितहरुका लागि बजार निर्माण परियोजना कार्यक्रम अन्तरगत विभिन्न गाँउहरुमा गठित अल्लो उत्पादन संघ अन्तरगतका महिला समूहका प्रतिनीधीहरुलाई अल्लो सम्बन्धी तालिम दिइएको हो । तालिममा जिल्लामा गठन भएका ७ अल्लो समूहका प्रतिनीधीहरुको सहभागीता रहेको थियो ।