दाङ, १४ कार्तिक । मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमवार दाङको घोराहीमा राजनीतिक दलहरुलाई राखेर निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
त्यस्तै कार्तिक १८ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी पत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, दिउँसो ३ देखि बेलुका ५ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी १९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता, दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन, दिउँसो ३ देखि बेलुका ६ बजेसम्म निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । त्यसपछि मंसिर २१ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान गर्ने कार्यतालिकामा उल्लखे छ ।