दाङ, १० कार्तिक । प्रेस चौतारी नेपाल दाङले अधिबेसनको तयारी सुरु गरेको छ । जिल्ला अधिबेसनका लागि सदस्यता वितरण तथा नविकरण गर्न सुरु गरेको छ । आगामी निर्वाचन अगाडी नै दाङ शाखाको अधिबेसन सम्पन्न गर्ने गरी तयारी सुरु गरीएको प्रेस चौतारी नेपाल दाङका सचिब बसन्त विवश आचार्यले बताए ।
जिल्ला शाखा अध्यक्ष टीका बस्नेतको अध्यक्षता तथा नेकपा एमाले पेशागत कमिटि ईन्चार्ज शरद अधिकारी र प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष सविन प्रियासनको विशिष्ठ आतिथ्यतामा बैठक बसेको हो । बैठकले संघीय तथा प्रादेशिक निर्वाचनका सन्दर्भमा भएको बाम एकतालाई मध्यनजर गरेर दाङका प्रेस सेन्टर तथा प्रगतिशील पत्रकार लगाएत संघ चुनावि प्रचारप्रसारका लागि छलफल गर्ने निर्णय समेत गरेको छ ।