शरद रेग्मी
दाङ, ९ कार्तिक । दाङको तुलसीपुर नगर विकास समितिले पुर्णता पाएको छ । समितिका अध्यक्ष यज्ञवहादुर के.सीको पहलमा निर्मल आचार्य, कृष्णवहादुर वस्नेत, विरवहादुर वली र दिलकुमारी घर्तीलाई समितिको सदस्यमा मन्त्रीस्तरीय निर्णयवाट मनोनित गरिएपछि समितिले पूर्णता पाएको हो ।
तुलसीपुरको अरनिको मैदानलाई आधुनिक र वेवस्थितरुपमा विकास गर्न पहल थाल्ने समितिका अध्यक्ष केसीले बताए । अरनिको मैदानमा मिनि रंगशालाको रुपमा विकास गर्ने बताउदै उनले यसको लागि प्राविधिक टोलीले स्थलगत सर्वे समेत गरिसकेको जानकारी दिए । काठ्माण्डौं र धनगडीको प्राविधिक टोलीले अरनिको मैदानमा सर्वे समेत गरेर अनुमानित लागत रिपोर्ट समेत केही दिनमा तयार गर्न लागेको उनले बताए ।