पाण्डव शर्मा
दाङ । अभिभावकबाट टाढिएर सडकमा बास बनाएकी एक बालिकाले सहारा पाएकी छन् । दाङ शान्तिनगर गाउँपालिका १ खिलतपुरमा बेवारिसे अबस्थामा बालिका फेला परेपछि स्थानीयले प्रहरीलाई बुझाएका थिए । ती बालिकाले आफ्नो एकीन नाम थर बताउन सक्दैनिन् । प्रहरीले लामो समय बालिकालको अभिभावको खोजि गरेपनि कोही आफ्न्त नभेटिएपछि समस्या परेको थियो ।
असहाय बालबालिकाको सहायताका लागि संस्था खोलिएको प्रमुख चौधरीले बताए । उनले यस्ता बालबालिकाको व्यवस्थापनमा उपमहानगरपालिकाले ध्यान दिनुपर्ने धारणा व्यक्त बताए । ‘बालबालिकको नाममा करोडौं बजेट विनियोजन हुँदै आएको छ तर, त्यो बजेट हुने खाने वर्गका बालबालिकाले प्रयोग गर्दै आएका छन् ।’ चौधरीले भने ।
सरकारले यस्ता असहाय बालबालिकाको संरक्षणका लागि आँफै पहल गर्नुपर्ने अथवा यस सम्बन्धी काम गर्ने संस्थालाई बजेट सहयोग गर्नुपर्ने उनको भनाई छ । असहाय बालबालिकाको पालन पोषणका लागि सहयोग गर्न चाहने दाताहरुलाई समेत संस्थामा सम्पर्क गर्न चौधरीले आग्रह गरे ।