तुलसीपुर, ३१ असोज । दाङको तुलसीपुर उद्योग वाणिज्य संघले आफ्नो स्थापनाको २५ औ वर्ष पुगेको अवसरमा कार्तिक २ गते रजत जयन्ती समारोह मनाउने भएको छ ।
आज मंगलवार वसेको कार्यसमितिको बैठकले विभिन्न आरोह र अवरोहका विचमा स्थापनाको २५ औ वर्ष पुगेको अवसरमा एक महिना सम्म विभिन्न सामाजिक कामहरु गर्ने निर्णय गरेको छ ।